राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।

१५ चैत, काठमाडौं । राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार दिउँसो घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।
‘४ः३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यलेभने ।
तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन्। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ।