रास्वपा सभापति रवि लामिछाने आज जेल चलान हुँदै
सरकारले पछिल्लो समयमा सहकारीको रकम अपचलनको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने र कारबाहीको प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाएको छ।

२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जेल चलान हुने भएका छन्। शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।
शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा लगेपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। रुपन्देहीका एसपी रंजितसिंह राठौरले आज जिल्ला अदालतमा पेश गरेपछि कारागार पठाइने जानकारी दिए। शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गर्न लागिएको हो।
सरकारले पछिल्लो समयमा सहकारीको रकम अपचलनको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने र कारबाहीको प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाएको छ।