देउवाले भेटे तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवार

सभापति देउवाले रजक मृत्युको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिएका छन् ।


२४ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।

सभापति देउवाले आइतबार दिउँसो रजकको डल्लुस्थित निवासमा पुगेर परिवारसँग भेट गरेका हुन् । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङको क्रममा त्यहाँस्थित एक निजी घरमा जलेको अवस्थामा उनको शव भेटिएको थियो ।

सभापति देउवाले रजक मृत्युको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *