अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ।

२६ चैत, अछाम। अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ।
बान्नीगढी जयगढ गाउँपालिका(३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझदेखि आगलागी भएको प्रहरीले साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।
उनका अनुसार आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर दमकल अभावमा समस्या भइरहेको छ ।