अछामको आगलागीमा २७ घर नष्ट, ७ करोडभन्दा बढी क्षति

आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।


२७ चैत, अछाम ।  अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् ।  जयगढ बजारमा लागेको भीषण आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ ।

स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमइ सेन्टरमा साँझ ७ :२० मा ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राती १२ बजेर ३० मिनेटमा नियन्त्रणमा आएको हो ।

जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।

जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा  घर तथा पसलहरू पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

घर पसलमा रहेका ७ करोडभन्दा बढी धनमालको क्षति भएको र विस्तृत विवरण संकलनका कार्य भइरहेको जिल्ला प्रहरी प्रमख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *