एक तोला सुनको मूल्य १ लाख ८१ हजार नाघ्यो
सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो ।

२८ चैत, काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।