एड्भाइजरी जारी गर्दै चीनले भन्यो : अमेरिका जानुअघि राम्ररी सोच्नुस्

एडवाइझरीमा 'चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको गिरावट र संयुक्त राज्य अमेरिकाको घरेलु सुरक्षा अवस्था' लाई उद्धृत गरिएको छ।


२८ चैत, काठमाडौं । अमेरिकासँग बढ्दो व्यापार युद्धको बीचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ट्राभल एडभाइजरीमा नागरिकहरूलाई ‘सावधानीपूर्वक यात्रा गर्न’ र अमेरिका जानुअघि ‘सम्भावित जोखिमको पूर्ण मूल्यांकन गर्न’ सुझाव दिइएको छ।

एडवाइझरीमा ‘चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको गिरावट र संयुक्त राज्य अमेरिकाको घरेलु सुरक्षा अवस्था’ लाई उद्धृत गरिएको छ।

चीनको शिक्षा मन्त्रालयले पनि छुट्टै चेतावनी जारी गरेको छ। यसमा विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि ‘सुरक्षा जोखिमको मूल्याङ्कन’ गर्न भनिएको छ।

चीन र अमेरिका ट्यारिफको विषयमा आमनेसामने आएका छन्। चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा १२५ प्रतिशत कर लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *