दुर्गा प्रसाईलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइने

दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको  हो ।


२९ चैत, काठमाडौं । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई बुद्ध एयरको जहाजबाट काठमाडौं लगिने भएको छ। प्रहरीको विशेष टोलीले उनलाई काँकटभिट्टा नाकाबाट झापा ल्याएको हो। केहीबेरअघि झापा ल्याइपुर्‍याएका  प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको  हो ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *