पेट्रोलियम पदार्थको मूल्य घट्यो

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ। 


२ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो।

बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ।

आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *