बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

फक्ताङलुङ गाउँपालिका-५ याङसिला चोकस्थित सडकमा मे.१ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। 


४ वैशाख, काठमाडौं । बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी पाँचथरको फिदिम नगरपालिका-३ बस्ने २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको हो।

फक्ताङलुङ गाउँपालिका-५ याङसिला चोकस्थित सडकमा मे.१ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य चौकी तापेथोकमा उपचारका क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका बोलेरोका सहचालकको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *