६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।


४ चैत, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन् । उनीहरु हालका आईजीपी दिपक थापाकै ब्याचमेट हुन् ।

बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।

३० वर्षे सेवा अवधिका कारण ४ चैत २०८१ मा तत्कालीन महानिरीक्षक वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरु अवकाशमा गएपछि ६  पद रिक्त भएको थियो । तर, राजनीतिक रस्साकस्सीका कारण एक महिनासम्म बढुवा हुन सकेको थिएन ।

एआईजी बढुवा नहुँदा प्रहरीका ६ महत्वपूर्ण विभागहरु खाली थिए ।

हेर्नुस् सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *