सेयर बजारमा दोहोरो अंकको गिरावट

बैंकहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता सशंकित बनेका हुन् ।


साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।

बजार खुलेदेखि निरन्तरजसो घटिरह्यो । बैंकहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता सशंकित बनेका हुन् । बैंकहरूको नाफा सामान्य १.४ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो।  सो कम्पनीको सेयर ६८ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। नगदी ग्रुपको ५७ करोडको कारोबार हुँदा बलेफी हाइड्रोपावरले ५६ करोड, नेपाल इन्फ्रास्टक्चर बैंकले ३८ करोड र सानिमा माइ हाइड्रोपावरले ३७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

यसदिन ३२८ स्क्रिप्सको २ करोड १३ लाख २३ हजार  ९६७ कम्पनीको  ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार  ७८५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ५३ स्टक्समध्ये १९२ वटाको मूल्य घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो।

आज दुई समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *