डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
१० वैशाख, काठमाडौं । डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनी ट्रक भिमदत्त राजमार्ग अन्तरगत गोल्डेनमा बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।