कश्मीरमा आतंकवादी हमलापछि साउदीको भ्रमण छोट्याएर फर्कँदै मोदी

कश्मीर आक्रमणका कारण उनको कार्यक्रम बीचैमा रद्द गरियो।


१० वैशाख, काठमाडौं । भारतको जम्मू कश्मीरमा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर फर्कने भएका छन्। साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) को निमन्त्रणामा मोदी मंगलबार साउदी अरबको दुई दिने भ्रमणमा गएका थिए।

उनको हिजो एक राजकीय रात्रिभोजमा सहभागी हुने र त्यसपछि आज एक कारखानामा भारतीय कामदारहरूलाई भेट्ने योजना थियो। तर कश्मीर आक्रमणका कारण उनको कार्यक्रम बीचैमा रद्द गरियो।

भारत फर्केपछि मोदीले आज सुरक्षा मामिलामा केन्द्रीय मन्त्रिपरिषद्को बैठकमा भाग लिने जनाइएको छ।

यो प्रधानमन्त्री मोदीको साउदी अरेबियाको तेस्रो भ्रमण थियो। यसअघि उनी २०१६ र २०१९ मा साउदी गएका थिए।

भारत र साउदीबीच सन् १९४७ देखि कूटनीतिक सम्बन्ध रहेको छ। जसलाई २०१० मा रणनीतिक सम्बन्धमा स्तरोन्नति गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *