कश्मीर आतंककारी हमलाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनतासँग नेपाल दृढ एकताका साथ उभिएको पनि बताइन्।

१० वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दुःख व्यक्त गरेकी छन्। मन्त्री राणाले उक्त क्रुर हमलाबाट आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएकी हुन्।
मन्त्री राणाले सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गरेकी छन्। साथै कठिन समयमा पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनतासँग नेपाल दृढ एकताका साथ उभिएको पनि बताइन्।
यस दर्दनाक घटनामा नेपालीसमेत परेको भन्ने बारेमा समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त भएपछि जानकारी गराइने पनि मन्त्री डा राणाले बताएकी छन्।