सुनको मूल्यमा भारी गिरावट
महासंघका अनुसार बुधबार आज सुन तोलामा ७ हजार पाँच सय रुपैयाँले घटेको छ।
१० वैशाख, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार आज सुन तोलामा ७ हजार पाँच सय रुपैयाँले घटेको छ। मंगलबार हिजो तोलामा सर्वाधिक १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।
छापावाल सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
आज चाँदी पनि ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जानकारी गराएको छ।