भन्सार छलेर ल्याएको ५ लाखभन्दा बढीको सामान बरामद

बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।


१० वैशाख, काठमाडौं ।  प्रहरीले झापाबाट अवैध सामान बरामद गरेको छ । इलामबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्राइएको ५ लाखभन्दा बढीको अवैध सामान प्रहरीले झापाको बुद्धशान्तिबाट बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेले मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका–४ पर्ने चिया बगानस्थित मेची राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिक सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ३४४९ नम्बरको यात्रुवाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा बिलबिनाको सो अवैध सामान बरामद गरी इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ । सामानको धनी भने खुलेको छैन । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *