कैलालीमा बलात्कार आरोपमा एक युवक पक्राउ

उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।


११ वैशाख, काठमाडौं । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्रसिंह बोहराले बुधबार युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरीका आधारमा दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

दमाइलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *