सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आज २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ।

११ वैशाख, काठमाडौं । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।
प्रतितोला चाँदी २ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ कायम भएको थियो।