राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प
७ मंसिर काठमाडौं ।राहदानी वितरणको दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम अनिश्चितकालका लागि ठप्प भएको छ ।
राहदानी वितरणको प्रक्रिया राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि ठप्प भएको हो । हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको र यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् ।
आइतबारसम्म राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताउँछन् । उनले भने प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरको छौं ।
शुक्रबार विभागले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ ।
पत्रमा समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकालेको उल्लेख छ ।