चीनसँग अब ऋण लिन नसकिने र अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने प्रवक्ता महतले बताए
७ मंसिर, काठमाडौं । चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् ।
नेपाली कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल र यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’ । ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्यो, अनुदानमै धेरै प्रतिवद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्यो ।’
चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने डा महतले बताए ।