माधव नेपाल र झलनाथ खनाललाई शिक्षकले भने- यहाँ आउन पर्दैन
आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसद्मा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे ।

१५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरू जारी शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् ।
सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।
उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे ।
आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसद्मा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे ।
लगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।
बाहिरने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’
शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।