मन्त्रिपरिषद् बैठक स्थगित
मन्त्रिपरिषद् बैठकबाट सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्ने तयारी थियो। यसैगरी बिहान १० बजे राज्यमन्त्रीको शपथ कार्यक्रम पनि राखिएको थियो।

बिहान १० बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। आज १० बजेका लागि तय गरिएको बैठक र कार्यक्रम हाल स्थगन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठकबाट सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्ने तयारी थियो। यसैगरी बिहान १० बजे राज्यमन्त्रीको शपथ कार्यक्रम पनि राखिएको थियो।
मन्त्रिपरिषदबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो।