दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको मृत्यु

आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 


शुक्रबार बिहान भारतको दिल्ली एनसीआरमा भारी वर्षा भएको छ। आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको हो।

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ।  पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको छ भने एक सयभन्दा बढी उडानहरू ढिलाइ भएका छन्।

एक अधिकारीले पीटीआईलाई बताएअनुसार दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको छ।

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ। तर खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएका छन्।

विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको बारेमा जानकारी लिन सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *