एमाले संसदीय दलको बैठक आज बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक पनि सोही समयमा नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएकाले एमालेले बालुवाटारमा बैठक बोलाएको जनाएको छ।

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ। एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।