एमालेको संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक पनि सोही समयमा नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएकाले एमालेले बालुवाटारमा बैठक बोलाएको जनाएको छ।


२० वैशाख, काठमाडौं ।नेकपा एमालेको संसदीय दलको बैठक जारी रहेको छ। अहिले एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

नेपाली कांग्रेस संसदीय दलको बैठक पनि सोही समयमा नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएकाले एमालेले बालुवाटारमा बैठक बोलाएको जनाएको छ।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसद्‍मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *