आज सुन चाँदीको भाउ के छ ?
एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको छ।

२१ वैशाख, काठमाडौं । स्थानीय बजारमा एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो।
यसैगरी चाँदी प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।