लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ

उनले पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए।


२० वैशाख, काठमाडौं । सुनसरीको धरानबाट लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार प्रहरीले धरान–१५ बाट ठूलो परिणमको लागुऔषधसहित पाँच जना कारोबारीलाई पक्राउ गरेको हो ।

धनुषाको जनकपुर घर भएका २५ वर्षीय राहुल साह र उनकी श्रीमती २४ वर्षीया लक्ष्मी राईलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ५ हजार ५० क्याप्सुल बरामद गरिएको डिएसपी खतिवडाले बताए ।

त्यस्तै धरान–१५ स्थित शितल मार्गबाट भोजपुरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र १३ वर्षीय सागर राईलाई पनि लागुऔषधसहित पक्राउ गरिएको डिएसपी खतिवडाले बताए । उनीहरुको साथबाट ट्रमाडोल ४ हजार ९ सय ३५ प्याप्सुल, कोलिवान ५ हजार ६० चक्की, स्पास्पेन ९४ चक्की, डिकोलिक २० चक्की, आरोमिन्स १६ चक्की, नेट्राजीपम एकसय ९० चक्की र ब्राउन सुगर १.७६० ग्राम बरामद गरिएको उनले बताए । उनीहरुको साथबाट २ लाख ५३ हजार ७ सय ९६ रुपैयाँ नगर बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले बताए ।

उनले पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *