साफ यू-१९ खेल्ने नेपाली टिमको बिदाइ

टिममा उर्जन श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका छन्। गोलकिपिङ कोचमा सन्जिव जोशी, व्यवस्थापकमा रविन खड्का रहेका छन्।


साफ यू-१९ फुटबल प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा मे ९ देखि १८ सम्म हुने प्रतियोगिता खेल्न जाने टिमको  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिदाइ गरेको हो।

टिममा उर्जन श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका छन्। गोलकिपिङ कोचमा सन्जिव जोशी, व्यवस्थापकमा रविन खड्का रहेका छन्। सहायक प्रशिक्षकमा विनोद श्रेष्ठ र मंगल महर्जन छन्। फिजियोमा अनिश बुढाथोकी रहेका छन्।

६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ। नेपालले समूह ‘बी’मा रहेर प्रतियोगिता खेल्नेछ। समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन्। समूह ‘ए’मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ।

नेपालको साफ यू–१९ खेल्ने टोलीः 

गोलकिपरः भक्त बहादुर परियार, उपेन्द्र ल्वागुङ, विशेष बानिया

डिफेन्डरः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का

मिडफिल्डरः कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली मगर, रञ्जित लामा, सुवास बम, विजय खड्का

फर्वाडः पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुरज ढंगोल र प्रसुन तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *