फेवातालमा फसेका ८ जनाको उद्धार

डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको उनले बताए । तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि ल्याइएको उनले जानकारी दिए ।


२२ वैशाख, काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । ड‌ुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फसेका थिए ।

एउटा डुंगा  तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ ।

डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको उनले बताए । तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि ल्याइएको उनले जानकारी दिए ।

अहिले पोखरामा हावाहुरीसहित पानी परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *