ओलीजीले गर्भनर कांग्रेसलाई दिइसक्नुभएको छ, उहाँको कारणले नियुक्तिमा ढिलाइ भएको होइन : देउवा

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ ।


२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन् । राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ ।

नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकमै समस्या भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए। प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनको भनाइ छ।

त्यस्तै सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारे। अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनले बताए।

सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक विकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे। आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पुरा नहुने स्थितिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। उनले सार्वजनिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *