उखु ‘क्रसिङ’ सुरु, पाएनन् किसानले उचित मूल्य


११ मंसिर, काठमाडौं । उखु पाकिसकेकाले उद्योगलाई ‘क्रसिङ’ गर्न उनले पठाउनुपर्ने तर सर्लाहीका विपिनकुमार यादवलाई अहिले भ्याइनभ्याइ छ तर यादवलाई बाली भित्र्याउने बेला पनि खुसी भने लागेको छैन ।

उखु क्रसिङ याम सुरु भइसकेको छ तर किसानले पाउने न्यूनतम मूल्य सरकाररले नतोकिदिँदा पुरानै मूल्यमा बेच्न उनी बाध्य छन् ।

यादव भन्छन् ‘दुई वर्षदेखि उखुको मूल्य बढेको छैन, पाकेको उखु काटेर उद्योगलाई पठाइरहेका छौं । ढिला गर्दा सुक्ने खतरा पनि हुन्छ । मूल्य नतोक्दा हामीलाई मर्का परेको छ,’ । सिरहा नवलपरासी, लगायतका किसान पनि सोही समस्यामा छन् ।

यादवले भने सिजन सुरु हुँदा पनि किसान पुरानै मूल्यमा बिक्री गर्न बाध्य छन्,’। राष्ट्रिय कृषि श्रमिक संघका महासचिव गोपाल यादव सरकारले किसानलाई हेपेको बताउँछन् । ‘चिनी मिल उद्योग र सरकारको मिलेमतोमा किसानलाई चेप्ने काम भइरहेको छ ।

‘सरकारले यो सिजनका लागि भनेर पुसमा मूल्य तोक्यो भने मंसिरमा उखु बेच्ने किसानले नयाँ मूल्य पाउँदैनन् । त्यो घाटा किसानलाई नै हो । सरकार नै उद्योगीलाई मात्रै फाइदा हुने काम गरिहेको छ,’ यादव भन्छन्, ‘किसानहरू आफ्नो बाली पाकेपछि सरकारको मूल्य कुरेर बस्न सक्दैनन् ।’

उखु उत्पादक संघका अध्यक्ष कपिलमणि मैनाली सरकारले उखु खेतीको सिजनमै मूल्य तोकिदिनुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *