सुन तोलामा २ हजार ६ सय घट्यो
११ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो ।
त्यसैगरि चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।