मोदीले भने– अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण

प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै सेनाको प्रशंसा गरेका छन्।

काठमाडौं : पहलगाम आतंकवादी हमलाको उचित जवाफ दिन पाकिस्तानमा हवाई आक्रमण गरेको भारतले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै सेनाको प्रशंसा गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै प्रधानमन्त्री मोदीले यो देशको लागि गर्वको क्षण भएको बताए।
अपरेशनका लागि मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई बधाई दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *