भारत र पाकिस्तानबीच आज वार्ता

भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।


२९ वैशाख, काठमाडौं । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।

अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।

भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।

संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार  बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।

आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता हुने तय भएको छ, जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ । भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संघर्षविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले यस संघर्षविरामलाई स्वागत गर्दै भारत र पाकिस्तानबीच दीर्घकालीन शान्तिको आशा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *