क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

‘म जसरी पहिला खेल्थेँ, म सोही तरिकाले खेल्नेछु। मेरो गौरव र जिम्मेवारी नेपाल टिमप्रति कम हुँदैन।’ 


३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्।

उनले पोष्टमा आफूले क्यानको सम्झौताबाट बाहिर रहेपनि नेपालप्रतिको माया र नेपाल टिमप्रतिको लगाव कम नहुने बताए। ‘म जसरी पहिला खेल्थेँ, म सोही तरिकाले खेल्नेछु। मेरो गौरव र जिम्मेवारी नेपाल टिमप्रति कम हुँदैन।’

सन्दीप हालसालै क्यानले सार्वजनिक गरेको बरीयतामा ‘ए’ ग्रेडमा रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *