बाहिरी चक्रपथ आयोजना सुरु नहुँदै १५ करोड ४३ लाख खर्च

महालेखा परीक्षकको कार्यालयले आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा बाहिरी चक्रपथ निर्माण आयोजनाको प्रशासनिक कार्यमा हालसम्म १५ करोड ४३ लाख ४६ हजार खर्च भएको औंल्याएको हो ।


३१ वैशाख, काठमाडौं । बाहिरी चक्रपथ निर्माण आयोजना सुरु नहुँदै १५ करोड बढी खर्च भएको छ ।

महालेखा परीक्षकको कार्यालयले आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा बाहिरी चक्रपथ निर्माण आयोजनाको प्रशासनिक कार्यमा हालसम्म १५ करोड ४३ लाख ४६ हजार खर्च भएको औंल्याएको हो ।

व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका ३ जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित सहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने उद्देश्यले २०५८ सालमा बाहिरी चक्रपथ अवधारणा ल्याएको थियो ।

उक्त कार्यका लागि २०६०/६१ मा प्रतिआना ५ लाखका दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान भएकोमा हालसम्म आयोजना सुरु भएको देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *