काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौं महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा खटिएको टोलीले नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *