अब नयाँ नोटमा यस्तो हुनेछ गभर्नरको हस्ताक्षर

उनी १८ औं गभर्नरको रुपमा नेपाल राष्ट्र बैंक प्रवेश गर्दैछन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने टुंगो लागेसँगै नेपाली नोटहरूले नयाँ हस्ताक्षर पाउनेछन् ।

करिब डेढ महिना सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको रस्साकस्सी सहमतिमा टुंगिएसँगै नयाँ हस्ताक्षरको पनि टुंगो लागेको हो ।

उनले नोटहरूमा हस्ताक्षर गर्दा आफ्नो पुरा नामलाई अण्डरलाई गरेर दुई थोप्लाको प्रयोग गर्नेछन् । साथै, उनले आफ्नो नामलाई डिको भने दिँदैनन् ।

उनी १८ औं गभर्नरको रुपमा नेपाल राष्ट्र बैंक प्रवेश गर्दैछन् ।

पौडेललाई अर्थमन्त्री नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेको छ ।

केहीबेरमै बस्ने मन्त्रिपरिषद् बैठकले विश्वनाथ पौडेल गभर्नरमा नियुक्त भएको निर्णय गर्नेछ ।

आजै बसेको सिफारिस समितिको बैठकले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *