पाकिस्तानको टी-२० टिमबाट बाबर आजम बाहिर

बोर्डले सलमान आगाको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो। 

काठमाडौं : पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान बाबर आजमसहित शाहिद अफ्रिदी र मोहम्मद रिज्वानलाई बाहिर राख्दै पाकिस्तानले टी-२० टिमको घोषणा गरेको छ।

पाकिस्तानले घरेलु भूमिमा हुने बंगलादेशसँगको ३ खेल सम्मिलित टी-२० सिरिजमा यी ३ खेलाडीलाई बाहिर राखेको हो।

पाकिस्तान सुपर लिग(पीएसएल)को प्रदर्शनका आधारमा खेलाडीलाई छनोट गरिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।

बोर्डले सलमान आगाको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो।

चोटका कारण केही समय टिमबाट बाहिर रहेका साइम अयुब र हसन अलिले पुनः टोलीमा स्थान बनाएका छन्।

पाकिस्तान क्रिकेट टोलीले यो सिरिज नयाँ प्रशिक्षक माइक हेसनको प्रशिक्षणमा खेल्नेछ।

यो सिरिजको मिति भने हालसम्म निश्चित भएको छैन। क्रिकइन्फोको अनुसार भने यो सिरिज मे २८ देखि ३१ सम्म हुने लेखिएको छ।

बंगलादेशविरुद्ध खेल्ने टी-२० सिरिजका लागि पाकिस्तानको टोलीः

सलमान आगा(कप्तान), शादाब खान(उपकप्तान), अबरार अहमद, फहिम अश्रफ, फखर जमान, हारिस रउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस(विकेटकिपर), मोहम्मद वसिम, मोहम्मद इरफान खान, नसिम शाह, साहिबजादा फरहान(विकेटकिपर), सइम अयूब

Leave a Reply

Your email address will not be published. Required fields are marked *