९३ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटे । बैंकिङ ०.२५, विकास बैंक ०.१४ प्रतिशत बढे भने अरु घटेका छन् । फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावार १.०, लगानी ०.१३, जीवन बीमा ०.१५, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.०१, अन्य ०.६३ तथा व्यापार ०.५१ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिन्धु विकास बैंकको ५.११, सप्तकोशी विकास बैंकको ४.७४, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ तथा एनएलजी इन्स्योरेन्सको ४.१२ प्रतिशत मूल्य बढ्यो ।
स्वेतगंगा हाइड्रोपावरको ८.३२, मातृभूमि लघुवित्तको ६.२, बोटलर्स नेपाल बालाजुको ५.८८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, माउन्टेन इनर्जी, ङादी ग्रुप, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।