झापामा जंगली हात्ती मृत फेला
मृत्युको कारण नखुले पनि सो हात्ती लामो समयदेखि बिरामी रहेको बताइएको छ।
७ जेठ, काठमाडौं । झापाको बुद्धशान्तिमा जङ्गली भाले हात्ती मृत फेला परेको छ।
बुद्धशान्ति गाउँपालिका-५ स्थित पाँच पोखरी सामुदायिक वनभित्र बुधबार दिउँसो १ बजे भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृत्युको कारण नखुले पनि सो हात्ती लामो समयदेखि बिरामी रहेको बताइएको छ।
कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट पशु चिकित्सक पुरुषोत्तम मुरारीको टोली र डिभिजन वन कार्यालय भद्रपुरका वन अधिकृत सुरज निरौलासहितको टोली घटनास्थल पुगेर सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम पश्चात् मृत हात्तीलाई सोही स्थानमा खाल्डा खनी गाडिएको प्रहरीले जनाएको छ।