अख्तियारबाट भोलि उपस्थित हुनेगरी छुटे सहसचिव भट्टराई

उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा बुधबार छाडिएको हो ।

७ जेठ, काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई भोलि उपस्थित हुनेगरी छाडिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ ।

अख्तियार स्रोतका अनुसार, उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा बुधबार छाडिएको हो ।

काठमाडौंबाट पक्राउ परेका भट्टराईलाई लगत्तै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा उनी संलग्न रहेको पाएपछि अख्तियारले पक्राउ गरेको थियो ।

फर्जी कागजातका आधारमा पठाउने कार्यमा उनको पनि संलग्नता रहेको अख्तियार निकट स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *