शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स दुर्घटना,दुईजना घाइते
आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं जाँदै थियो।
रामेछाप : जिल्लाको दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका-३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ । आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं जाँदै थियो।
प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान भुपेश आछामीले जानकारी दिए । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका- २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।