श्रीमतीको हत्या गरेर फरार भएका हरिराम पक्राउ, १० महिने छोरीको अवस्था अज्ञात

गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

८ जेठ, धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् ।

श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए ।

स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो । श्रीमान् रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन ।

धनुषा प्रहरीले घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *