कोलकतामाथि हैदराबादको फराकिलो जित

कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए। उनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे।

काठमाडौं : सनराइजर्स हैदराबादले २०२५ को आइपीएलको सुखद अन्त्य गरेको छ। हैदराबादले कोलकाता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको हो।

हैदराबादले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८.४ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो । मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए । हर्षित रानाले ३४ तथा सुनिल नारिनले ३१ रन बनाए ।

दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले २७८ रन बनाएको थियो।

कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए। उनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। ओपनर सुनिल नारायणले ३१, कप्तान अजिन्क्य रहनेले १५ रन बनाए। अङ्गकृत रघुवंशीले १४ रमनदेव सिंहले १३ र हर्षित राणाले ३४ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

हैदराबादका लागि बलिङतर्फ जयदेव उनाडकट, हर्ष दुवे र ईशान मालिङ्गाले समान ३-३ विकेट लिए। पहिलो इनिङमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट मात्रै गुमाउँदै २७८ रन बनाएको थियो।

हैदराबादका लागि हेनरिच काल्सेनले सर्वाधिक १०५ रनको अविजित शतकीय पारी खेले। उनले ३९ बलमा ७ चौका र ९ छक्का सहित आक्रमक इनिङ खेले। ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडले क्रमश: ३२ र ७६ रन बनाए। इशान किशनले २९ रन बनाए। अनिकेत बर्मा १२ रनमा अविजित रहे।

कोलकाताको लागि सुनिल नारायणले २ विकेट लिए। वैभव अरोराले १ विकेट लिए। यो जितसहित हैदराबादले १४ खेलमा १३ अङ्कसहित छैठौं स्थानमा रहँदै सिजन सकाएको हो। कोलकताले भने १४ खेलबाट १२ अङ्क बटुलेको छ।

आइपीएलमा अब लिग चरणका दुई खेल मात्रै बाँकी छन्। सोमबार पन्जाब किङ्स र मुम्बई इन्डियन्स र मंगलबार लखनउ सुपर जायन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *