लागुऔषधसहित एक पक्राउ

डीएसपी खतिवडाले चौधरीको साथबाट स्पास्मो प्रोक्सिभन ६ हजार ६ सय क्याप्सुल, ट्रमोल ९० क्याप्सुल, नाइट्रेजम्प एकसय ६० ट्याब्लेट  बरामद गरिएको बताए। 

लागुऔषधसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। सुनसरी रामधुनी नगरपालिका–४ बस्ने  २१ वर्षीय आशिस चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्।

डीएसपी खतिवडाले चौधरीको साथबाट स्पास्मो प्रोक्सिभन ६ हजार ६ सय क्याप्सुल, ट्रमोल ९० क्याप्सुल, नाइट्रेजम्प एकसय ६० ट्याब्लेट  बरामद गरिएको बताए।

चौधरीलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *