सिंहदरबारमा सभामुखसँग दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक
संसदको अवरोध र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले छलफल तथा बैठक बोलाइएको हो।
सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू बीचको छलफल सुरू भएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरू भएको हो।
संसदको अवरोध र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले छलफल तथा बैठक बोलाइएको हो। लगत्तै १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।
बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले अवरोधको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।