कैलालीको गौरीगंगामा आगलागी हुँदा ज्येष्ठ नागरिकको मृत्यु

घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो ।

१९ जेठ, काठमाडौं । कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।

आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आयो नियन्त्रणमा आइसकेको थियो ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *