पन्जाब आइपीएलको फाइनलमा
पन्जाब र आरसीबी दुवै टिमले आफ्नो पहिलो आइपीएल उपाधिका लागि खेल्नेछन्।
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब किङ्स फाइनल प्रवेश गरेको छ। पन्जाब किङ्स ११ वर्षपछि प्लेअफका लागि छनोट हुँदै फाइनल प्रवेश गरेको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस सात वर्षा सुरु भएको थियो। वर्षाका कारण खेल भने समयमा सुरु हुन सकेको थिएन। वर्षाका कारण खेल निर्धारित समयभन्दा दुई घण्टाभन्दा बढी समय पश्चात् खेलाइएको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। मुम्बईले दिएको २०४ रनको विजय लक्ष्य पछाएको पन्जाबको जितमा कप्तान श्रेयस अय्यरले कप्तानी पारी खेले। उनले ब्याटिङतर्फ ४१ बलमा पाँच चौका र आठ छक्का सहित ८७ रनको अविजित पारी खेलेका हुन्।
पन्जाब र आरसीबी दुवै टिमले आफ्नो पहिलो आइपीएल उपाधिका लागि खेल्नेछन्। २०२५ को आइपीएलको फाइनल खेल मंगलबार हुनेछ।